Tuesday, July 31, 2018

कृतज्ञताको महान चमत्कार !

     
      
                      कृतज्ञताको महान चमत्कार !
          
       एक जना महान सन्त सतगुरुको चेला सदैब निरास अनि हतास रुपमा सदैब चिन्तित रहदो रैछ।उ आफ्नो वर्तमान अवस्था देखि वाक्क दिक्क भैसकेको रैछ।हुन पनि उसको सबै व्यापार ब्यबसाय चौपट भैसकेको थियो।उनी हरेक काममा आफुलाई असफल भएको ठान्थे।आफू संगैको साथिहरुले गरेको प्रगती देखेर मन मनै जल्थे र आफ्नो जिन्दगीको हालत प्रती सदैब धिक्कार थे। उनी सदैब यो सोच्थे कि अरु बाहिरी मान्छेहरुले सदैब निरन्तर प्रगती र उन्नति गरिरहेका छ्न तर म सन्त सतगुरु जस्तो महान गुरुको चेला भएर पनि सदैब असफल छु अरु भन्दा पछाडि नै छु।केही प्रगती उन्नती गर्न सकेको छैन।मेरो यो हालत हुनुमा कुनै न कुनै रुपमा मेरो गुरुको पनि हात छ।जिन्दगी भरी उहांको सत्संग सुन्यो सेवा पनि सक्ने जत्ति गरेकै हो तर म माथी किन कृपा भएन।किन मलाई  दुख नै दुखको भकारी दिएको होला ? उनी बेला बेलामा गुरुको दर्शन गर्न र सत्संग सुन्न जाने गर्दो रैछ तर सदैब मन मनै गुरुलाई गाली गर्दै असन्तुष्टि जताई रहदो रैछ।
सतगुरुले आफ्नो दिब्य दृष्टिबाट आफ्नो चेलाको मनोभावना बुझि सक्नु भएछ र सत्संग सकिसके पछि उहाले त्यो चेलालाई आफुसंग भेट्नको लागि आफ्नो कुटिमा बोलाउनु भएछ। 
चेला गुरुलाई भेट्न गुरुको कुटि पुग्दा त्यहा अरु तिन जना मान्छेहरु पनि रैछ। जो गुरुको दर्शनकै लागि धेरै टाढाबाट  आएको रैछ। उसलाई देख्ने बितिक्कै गुरुले अति प्रेम पुर्ण तवरले आफू संगै बोलाउनु भएछ र भन्नू भएछ। हेर बाबु त्यो तिन जना मान्छे जो मेरो दर्शनको लागि पर्खिरहेका छ्न उनिहरु को हुन ? चेलाले अनबिज्ञता जनाउछ र गुरु भन्नू हुन्छ।हेर बाबू उनिहरु तिमिभन्दा धेरै टाढाबाट आएको हो।उनिहरु एक जनाको जन्मजात दुबै खुट्टा छैन एक जना जन्मजात कान सुन्दैन र  एक जनाको दुबै आँखा देख्दैन तर पनि उनिहरु कति धेरै खुशी छ्न । अहिले पनि उनिहरु मलाई भेटेर कृतज्ञता प्रकट गर्न यहाँ आएको छ। उनिहरु सदैब के भन्छ्न र सोच्छ्न भने हे सतगुरु मेरो आँखा नभएर के भो त मलाई हजुरले हजुरको वचनहरु सुन्ने कान दिनु भएको छ।त्यसको लागि धेरै धेरै धन्यवाद सतगुरु। हे सतगुरु  मेरो कान नभएर के भो त हजुरको दर्शन गर्ने आँखा त  छ  मेरो सतगुरु हजुरलाई धेरै धेरै धन्यवाद । अरु चाही भन्छ्न हे सतगुरु मेरो खुट्टा नभए पनि हजुरलाई देख्न सक्ने आँखा र सुन्न सक्ने कान छ हजुरको अपार दया मेहर प्रती मुरिमुरी कृतज्ञता प्रकट गर्दछु सतगुरु।
सतगुरु भन्नू हुन्छ। हेर बाबू अब भन्नू मैले तिमिलाई के दिएको छैन किन तिमी सदैब असन्तुष्ट रहन्छौ ? किन सदैब बेचेन रहन्छौ ? के मैले तिम्रो बाल बच्चालाई भोकै राखेको छ ? के मैले
 तिमिलाई कयौ दुर्घटनाहरुबाट बचाएको छैन ? यतिन्जेल सम्ममा गुरुको कुरो सुनेर शिष्यको आँखा खुली सकेको थियो र उ आँखा भरी आँसु लिदै आफ्नो गुरुको पाउ परे छ र आफ्नो अज्ञानता प्रती खेद प्रकट गरेछ। गुरुले पनि उसलाई गला लगाउनु भएछ । अब चेला अत्यन्तै खुशी हुँदै आफ्नो सतगुरु प्रती कृतज्ञता प्रकट गर्दै खुशि हुँदै घर फर्किएछ।
हरेक दिन गुरुको बारेमा नराम्रो सोच्ने र आफ्नो हालत प्रती असन्तुष्टि रहने मान्छे आज हरेक कुरोमा खुशी र कृतज्ञता रहने भै सकेको छ। हुदा हुदा आजकाल उसको हरेक ब्यापार ब्यबसाय पनि फस्टाउन थालेको छ  र उसको प्रगती र उन्नतिले शिखर छोएको छ। उसको आज आफ्नै शान्दार घर छ । लक्जरी कार छ।प्रसस्त बैक ब्यालेस र साथिभाईहरु पनि छ। 
साथिहरु हिजो जो संग केही थिएन आज हरेक कुरो छ।हिजो सदैब दुखित रहने मान्छे आज हरेक कुरोमा खुशी छ।यहि नै हो कृतज्ञताको शक्ति।
अब तपाईंले पनि कृतज्ञताको शक्ति थाहा पाई सक्नु भएको छ।यो शक्तिको प्रयोग गरेर तपाईं पनि आफ्नो जिन्दगीलाई अहिलेको जिन्दगी भन्दा धेरै गुना राम्रो र गुणस्तरीय बनाउन सक्नु हुन्छ।
भगवान बुद्ध एउटा प्रबचनमा भन्नू हुन्छ ।
यदि तिमी धन हिन भएका छौ भने आफ्नो स्वास्थ अवस्था राम्रो रहेकोमा कृतज्ञता प्रकट गर्नु पर्छ।
यदि तिमी बिरामी छौ भने अझ गम्भीर बिरामी नबनेकोमा खुशि मान्नु पर्छ ।
यदि तिमी गम्भीर रोगको सिकार भएका छौ भने कम्तिमा आफू ज्युदो रहेकोमा कृतज्ञता रहनु पर्छ भने यदि तिमी भोलि मर्दै छौ भने पनि खुसी र कृतज्ञता रहनै पर्छ किनकी  कम्तिमा आज त ज्युदै छौ भनेर। जिन्दगिमा हरेक कुरो र अवस्थामा खुशी र कृतज्ञता रहनै पर्छ। 
नत्र मानव जिन्दगी नर्क बन्ने छ तर खुशी र कृतज्ञतावाला मान्छेको लागि स्वर्ग आवश्यकता हुदैन किनकि उसकोलागी हरेक ठाउँ स्वर्ग समान हुन्छ।
 खुशी र कृतज्ञताको लागि सदैब कारण खोजी रहनु पर्छ तर कारण भेटिएन भने बिना कारण पनि खुसी र कृतज्ञता रहन सक्नु पर्छ।
लेख पढी दिनु भएकोमा धन्यवाद । अझै यसलाई जत्ती सक्दो धेरै शेयर पनि गरि दिनुहोला किनकि ज्ञान जत्ती शेयर गर्छ उत्ति नै बढेर जान्छ।

सम्पर्कको लागि:ई-मेल:freebusinessidia@gmail.com

No comments:

Post a Comment