Tuesday, July 31, 2018

एउटा सोच जसले संसारलाई बदल्न सक्छ।

          

     एउटा सोच जसले संसारलाई बदल्न सक्छ ।

 बिहान फेसबुकमा मेरो एक जना फेसबुक मित्रले भारतको चर्चित Motivation speaker and Corporate trainer मध्यको एक युवा Himeesh Madaan को सेमिनारको एउटा अंश शेयर गरेको रहेछ।एक दम छोटो करिब दुई मिनेट जत्तिको यो क्लिप्स यति प्रभाबकारी र मन छुने थियो कि जुन म यहाँ शब्दमा सबै बयान गर्नै सक्दिन।यो सेमिनारको छोटो भिडियो क्लिपसले भन्न खोजेको र दिने सन्देशले वर्तमान नेपालको मात्रै नभएर पुरै संसारमा रहेको मानव जातिको मानसिकता र बिबेकलाई बडो सुन्दर बिम्बाको रुपमा प्रस्तुत गरिएको पायो। यो भिडियोमा के थियो त त्यस्तो ?
सेमिनार कर्ताले स्रोता दर्शक मध्यबाट नौ दस जनाको समुहलाई स्टेजमा एउटा खेल खेल्नको लागि बोलाएको हुन्छ।यी सबै जनाको हातमा एक एक वटा बेलुन दिएको हुन्छ। अब सेमिनार कर्ताले सबै जनालाई आ-आफ्नो बेलुनलाई मुखले फुलाउने संकेत दिन्छ।सबै मान्छेहरु आ-आफ्नो हातको बेलुन फुक्न तर्फ लाग्छ।जब सबैको बेलुन फुकि सक्छ सबैको बेलुनलाई गाठो पारेर  हावा बन्द गरेर बल जसरी नै एउटा एउटा हातमा बोक्न लगाउछ र अर्को हातमा सबै जनालाई एउटा एउटा सियो थमाई दिन्छ। त्यस पछि सेमिनार स्पिकरले के भन्छ भने जसको हातमा बेलुन अन्तिम सम्म नफुटिकन बाकी रहन्छ उहीँ बिजेता हुन्छ।जसको हातमा अन्तिम सम्म नफुटेको बेलुन बाकी रहन्छ उहीँ बिजेता हुन्छ। सेमिनार स्पिकरको यो कुरो सुन्ने बितिकै सबै सहभागीहरु एकले अर्काको बेलुन फुटाउन तछाडमछाड गर्न सुरु गरिहाल्छन र एकै छिनमा सबैको बेलुन फुटेर जान्छ।कसैको हातमा पनि नफुटेको बेलुन बाकी हुदैन। अब को बन्यो त बिजेता ? कसले पाउने भयो त पुरस्कार ? सबै जना हारिसक्यो।
 हुन त यो सानो खेल हो तर यसले भन्न खोजेको र दिने सन्देश कति गहान र महात्वपुर्ण छ हैन त ?
एक पटक हामी यो खेल भित्री बिचार गरेर हेरौ त सेमिनार स्पिकरले त जसको हातमा अन्तिम सम्म नफुटेको बेलुन बाकी रहन्छ उहीँ बिजेता हुन्छ भनेका छ्न ना कि एक आपसको बेलुन फुटाउ भनेको छ तर सबै सहभागीहरु आफू जित्नको लागि अरुको बेलुन फुटाउन तछाड मछाड गरि रहेका छ्न। हुदा हुदा आफू अर्काको बेलुन फुटाउने धुनमा लाग्दा लाग्दा पछाडिबाट आफ्नो बेलुन अर्काले कति बेला फुटाई दियो पत्तो नै भएन।अझै ल अब तेरो र मेरो दुबैको फुट्यो अब त्यसको पनि बाकी राख्नु हुदैन भनेर एक जनाको पछाडि धेरै जना पछि लागेको पनि देखियो।अब प्रश्न उठछ के आफू जित्नलाई अर्कालाई हराउनै पर्छ र ?के कसैलाई नहराई पनि आफू जित्न संभब छैन र ?अझै यो खेलको बडो मजाको बिषय त यो छ कि कोहि पनि नहारी कन सबै जना बिजेता बन्ने मौका पनि त थियो नि हैन र ? कसरी ? भन्नू होला कसैले कसैको बेलुन फुटाउन तर्फ नलागेर सबैले सियोलाई फालदिएको भए के सबै जन बिजेता बन्ने अवस्था थिएन र ?
  हो यो भिडियो क्लिपसमा यहि थियो। अब हामी एक पट्क बिचार गरौ। यो त सानो खेल थियो तर वास्तब मै हाम्रो देशमा समाजमा यो धर्तिमा यस्तो खेल त कति छ्न कति हैन र ? यो खेलको निचोडले हाम्रो मानसिकता हाम्रो चाल चलन र मानव सभ्यता भित्रको स्वार्थपनलाई राम्रो संग चित्रण गरेको छ । देशमा एक राजनितिक दलले जित्नको लागि अरु राजनीतिक दललाई हराउन हजारौं षड्यन्त्रहरु गरिरहेका छ्न तर अफसोच एकले अर्का संग जित हासिल गर्ने गन्दगी खेलले देश हारी रहेको छ जनता हारिरहेको छ हामिलाई पत्तो नै भएन।एउटा शासन ब्यबस्थाले अर्को शासन ब्यबस्थालाई हराउने नाममा होस वा एउता तन्त्रले अर्को तन्त्रलाई हराउने नाममा होस आज हजारौं मान्छेहरुले ज्यान गुमाउनु परेको छ।एउटा देशले आफू शक्तिशाली बन्नलाई अर्को देशको प्रगतिमा तगारो बन्छ।एउटा ब्यपारीले आफू धनी बन्न अर्कालाई कंगाल बनाउछ। यो सोच भनेको हरेक मान्छेको मानसिक भ्रम मानसिक बिकारको रुपमा स्थापित भएर सदियौ देखि चल्दै आएको छ।यो बिकारले हरेक समाजमा हरेक देशमा हरेक कम्पनीहरुमा, के गाउँ के शहर सबै मान्छेको दिमाग दिमागमा घुसेर बसेका छ्न।के एउटा देशले आफू शक्तिशाली बन्नलाई अरुलाई शक्तिशाली बन्न रोक्नै पर्छ र ? के एक जना मान्छे धनी बन्नलाई अरुलाई गरिब बनाउनै पर्छ र ? के आफू जित्नलाई अरु कसैलाई हराउनै पर्छ र ? पक्कै पनि हामी सबै एक जुट भएर अगाडि बड्ने हो भने यो देश यो धर्ती अनि मानव सभ्यता कति सुन्दर हुन्थे होला हैन र ? हुन त हामी भन्छौ एकता नै बल हो। एक थुकी सुकि सय थुकी नदि तर ब्यबहारमा प्रयोग शुन्य।
हो हामिले संसारलाई सुधार्न नसकुला सबैलाई यो कुरो सिकाउन नसकुला सबै मानव समुदायलाई यो गलत सोचबाट मुक्त गराउन त नसकुला तर हामी खुद आफुलाई त सुधार्न सक्छौ नि हैन र ? आउ हामी सबै जना आजैबाट आफू जित्न लाई अरुलाई हराउनै पर्छ भन्ने सोचलाई त्यागेर सामुहिक बिजेताको लागि एक पाईला आफैबाट चालेर हेरौ । अरुको बेलुन फुटाउन हैन आफ्नो बेलुन जोगाउन लागौ ।सबै मान्छेलाई ज्ञानि बनाउनको लागि यो लेखलाई आफुले पढिसक्ने बितिकै अरु साथिहरुलाई पनि शेयर गरौ। हुन सक्छ भोलिको दिनमा आफु जित्नको लागि तपाईंलाई हराउन चाहने संभावित साथी वा शत्रुले नै पनि यो लेख पढेर आफ्नो मानसिकता बदलेर तपाईं संगै सहकार्यको मानसिकता पो बनाउने हुन कि,कि कसो ?यसो भयो भने त पक्कै पनि तपाईंलाई फाइदा नै हुने छ नि साथी कि कसो ?
   समय दिएर पढ्दिनु भयो शेयर लाइक र कमेन्टको पनि आशा सहित धन्यवाद ।
सम्पर्क ई-मेल=freebusinessidia@gmail.com

No comments:

Post a Comment