सफलताको महान रहस्य
"बिहानिको कलिलो घामको किरणसंगै चितवनको सौराहा जंगलमा एउटा भोको बाघको आँखा खुल्छ। उ मन मनै यो सोचेर उठेको हुन्छ कि आज मैले हरिण भन्दा धेरै स्पिडमा दौडिनु पर्छ नत्र हिजो जस्तै भोकै सुत्नु पर्ने छ र केही दिन यसतै अवस्था रहने हो भने मेरो मृत्यु निश्चिति छ।
यसै गरि सोही समयमा एउटा जवान हरिणको पनि आँखा खुल्छ।उ पनि आफ्नो मुटुको धड्कन बडाउदै सोची रहेको हुन्छ।कि आज पनि मैले बाघ भन्दा छिटो र धेरै कुद्नै पर्छ नत्र आज मेरो मृत्यु निश्चित छ। म त्यो भोको बाघको खाना बन्ने छु।"
मित्र,यो मैले एउटा सानो कथा बाघ र हरिणको सुनाए।वास्तवमा यो कथा कुनै बाघ वा हरिणको मात्रै हैन यो त हाम्रो जिन्दगीको तितो यथार्थ हो।तपाईंलाई जिन्दगीले दुइटा मात्रै छनोट दिएको छ। छनोट नम्बर १ के तपाईं बाघ बन्ने हो ? वा छ्नोट नम्बर २ कि तपाईं हरिण बन्ने ? हो, मित्र जिन्दगीले हामी सबैलाई यहि दुईटा छनोट दिएको छ।तपाईं के बन्न चाहानुहुन्छ ? तपाईआफ्नो अन्तर हृदयलाई सोध्नुस।के बन्न चाहानुहुन्छ ?
याद राख्नुस मित्र तपाईं चाहे बाघ बन्नुस चाहे हरिण बन्नुस जिन्दगीमा भाग्नुको कुनै बिकल्प छैन । जिन्दगीमा निरन्तर कुद्नुको दोस्रो बिकल्प छैन। तपाईं जे बन्नुस तर यो कुरो याद राख्नुस कि यदि तपाईं यो जिन्दगी रुपि जंगलमा कुद्न सक्नु हुन्न भने याद राख्नुस तपाईको अन्त्य निश्चित छ। तपाईंको मृत्यु निश्चित छ।यो मैले कुनै बनावटी कुरो गरिरहेको छैन।यो त बैज्ञानिक रूपमा सिद्ध भैसकेको हाम्रो जिन्दगीको तितो यथार्थ भन्दै छु।
महान बैज्ञानिक डार्विनले के भनेको थिए "बाच्नको लागि संघर्ष "यो संसारमा हरेक जीव जन्तु र बनस्पति लगायत सबैले बाच्नको लागि संघर्ष गर्नै पर्छ । यदि कुनै जीव वा चिजले प्रकृति संग संघर्ष गर्न सक्दैन भने समय अन्तरालमा उसको लोप वा समाप्ती निश्चित छ जस्तै आज डाईनोसर लगायत धेरै जीव जनावर यो धर्तिबाट लोप भैसकेका छ्न भने अझै एक सिङ्गे गैडा जस्ता धेरै लोपोन्मुख रुपमा रहेका छ्न।यी सबै जीव र चिजहरुको लोप हुनुको कारण कुनै न कुनै अवस्था र परिस्थिति संग संघर्ष गर्न नसकेकै कारण हुन।
आज हाम्रो जिन्दगीमा पनि कति धेरै असहज अवस्थाहरु छन।यो संसारमा कति धेरै मान्छेहरु अकालमै मरिरहेका छ्न।कोहि भोक संग संघर्ष गर्दैछ्न कोहि रोग संग कोहि के कोहि के संग निरन्तर संघर्षमा छ्न।
हामी नेपालीहरु त अझै राजनीतिक अवस्था देखि लिएर बेरोजगारि अशिक्षा र गरिबिसंग लडिरहेका छ्न।आज हाम्रा दाजुभाइ र दिदिबहिनीहरु साउदी कतार मलेशिया र युरोप देखि इराक सम्म पुगेर आफ्नो जिन्दगीको लागि संघर्ष गरिरहेका छ्न।
यो संसारमा चाहे धनी होस वा चाहे गरिब चाहे निरोगी होस चाहे रोगी चाहे अमेरिकी होस चाहे भारतीय वा नेपाली नै किन नहुन हरेकले आफ्नो तवरबाट जिबनमा संघर्ष गरिनै रहेका छ्न।
त्यसैले मित्र हामिले पनि आफ्नो परिस्थिति जस्तो सुकै होस।आफ्नो हालत जस्तो सुकै होस । जिन्दगीमा प्रगति गर्नको लागि अगाडि बड्नै पर्छ।तपाईं कुद्नै पर्छ नत्र प्रकृतिले तपाईलाई कुल्चिएर तपाईको ढाड माथिबाट अरुलाई कुदाउने छ र तपाईंलाई कुल्चिएर मान्छेहरु अगाडी बढ्ने छ्न तर तपाई किच्चिएरै मर्न बाध्य हुनेछ। अब आफ्नो अन्तर मनलाई सोध्नुस। के तपाईं हरेकको कुल्चाई सहेरै मर्ने हो ? के तपाईं आफ्नो अवस्था देखि दिक्क मानेर हारुवा बन्ने हो ? कि तपाईं हरिण संग कुदन नसकेको बाघ बनेर भोकै सुत्ने हो ? अथवा बाघभन्दा धेरै कुद्न सकेको हरिण जसरी खुसी मनाउने हो ?चाहे हरिन जस्तो बन्नुस चाहे बाघ जस्तो बन्नुस कुद्नै पर्छ । यो बिधिको बिधान हो।यो अति कठोर छ।बाकी तपाईंको इच्छा ।
इतिहास जित्नेहरुको लेखिन्छ हार्नेहरु त त्यसै बिलाएर कता हराउछ्न कता ?त्यसै यदि आफ्नो एक पट्क पाएको जुनि समालेर ईतिहास रच्नु छ भने आजैबाट अगाडि बड्नुस शुभकामना छ तपाईलाई।
" जिन्दगीमा तपाईं बाघ बन्नुस वा हरिण यसले केही फरक पर्नेवाला छैन तर तपाईको कुदाईले फरक पर्ने वाला छ। याद राख्नुस मित्र बाच्नु छ कुद्नुस।मर्नु छ सुत्नुस।" मेरो लेख पढिदिनु भएकोमा अन्तर हृदय देखिनै धन्यवाद ।
नोट - यो कथालाई जत्तिसक्दो शेयर गरेर आम नेपालीको मनोबल बडाएर देश निर्माणमा योगदान गरिदिनु हुन बिनम्र अनुरोध छ।अरुपनि राम्रा राम्रा कुराहरु लिएर आउने छु कमि कमजोरी र त्रुटिहरुको लागि माफी चाहन्छु।हजुरले हामिलाई कमेन्ट वा सिधा सम्पर्कको लागि मेल गर्न पनि सक्नु हुनेछ धन्यवाद ।
सम्पर्क:ई-मेल:freebusinessidia@gmail.com
No comments:
Post a Comment