गर्नेले त मरेको मुसाबाट पनि अर्बौं कमाउछ.....!
एक जना साह्रै नै गरिब केटो रैछ। उसको आमाबाबु सानैमा बितेको हुनाले गाउकै मान्छेहरुकोमा कहिले कहाँ कहिले कहाँ सानो तिनो काम गरेर पेट पाल्दो रैछ।उसले जिन्दगीमा केही ठुलो प्रगती गर्ने र आफ्नो आर्थिक अवस्थालाई बलियो बनाउने सोच बनाएछ।अब मैले कुनै पनि हालतमा धनी बन्नु पर्छ भन्ने अटल बिचार राखेर उसले अब धनी बन्ने उपाय खोज्न थालेछ। उसले धनी बन्ने कसरि होला भन्ने सोच्दा सोच्दै मनमा एउटा बिचार आएछ।धनी बन्नु छ भने जो संग धन छ जो धनी छ उसै संग सिक्नु पर्छ किनकि गोरु जोत्न सिक्नु छ भने गोरु जोत्ने हलि संग र जडिया बन्नु छ भने जडियाको संगत गर्नु पर्छ भन्ने उसले राम्रो संग बुझेछ।
अब को धनी संग संगत गर्ने होला त भन्ने सोच्दा सोच्दा उसको दिमागमा एक जनाको याद आएछ।जो अहिले शहरमा बस्छ । त्यो मान्छे उसको गाउको अलि टाढाको ठूलो बा पर्ने रैछ जो प्रसस्त पैसा कमाएर गाउले जिन्दगीलाई छोडेर शहरमा बसेका रैछ्न।
एक दिन बिहानै त्यो केटो शहर पसेछ।गाउले ठूलोबाको घर खोज्दै जादा एउटा ठूलो बंगलोको गेटमा पुगेछ र उसको पाइला रोकिए छ। उसले खोज्दै हिडेको ठूलो बा को घर उसले सोचेको भन्दा कयौं ठुलो देखेर उसलाई भित्र जान डर पनि लागेछ र आफू यस्तो झुत्रे लुगा लगाएको छ फेरि चिन्ने हुन कि नचिन्ने हुन भन्ने शंका र सर्म लागेछ । उ गेटमै उभिए बाहिरै बसि रहेको बेला भित्रबाट ठूलो ठूलो अवाजमा एक जना मान्छे कसैलाई कराई रहेको सुनिएछ।जुन उसको गाउले ठूलो बा कै अवाज थियो। भित्र ठूलो बा सायद कोहि नोकर चाकरलाई कराउदै थियो क्यारे।भित्रबाट ठूलो बा कराएको आवाज आयो "गर्नेले त मरेको मुसोबाट पनि गर्छ तलाई बजिया ! नगर्नेले हिराकै ड्ल्ला दिए पनि केही गर्न सक्दिन" यो शब्दा सुन्ने बितिकै गेट भन्दा बाहिर लाज मानेर बसिरहेको केटालाई अत्यन्तै खुसी लाग्यो किनकि उसले चाहेको र खोजेको ज्ञान भित्र नपुग्दै पाई सकेको थियो। "गर्नेले त मरेको मुसोबाट पनि गर्छ नगर्नेले त हिराकै डल्ला दिए पनि केही गर्दैनन।"यो शब्द उसको दिमाग भित्र पस्यो र उसलाई ठूलो बाले आफैलाई यो ज्ञान दिएको महसुस गरेछ।
अब त्यो केटो शहरको नजिकैको धानको खेततिर कुदेछ र मुसा खोज्न थालेछ।उसले एउटा ठुलो मुसा मारेछ र काधमा बोकेर गाउँ जान हिडेछ।गाउँ जानको लागि उ बस पार्क जाँदै थियो यतिकैमा एक जना बूढो मान्छेले उसलाई सडक पारिबाट बोलाएको सुनेछ र उ त्यो बूढो भएको ठाउमा पुगेछ।त्यो बुढोले मुसावालालाई किन बोलाएको रैछ भने बुढो अत्यन्तै धनी रैछ र घरमा बिरालो पाल्न सौखिन रैछ। आजैको दिनमा बुढोको सबै नोकर अरु काममा बिजि भएको रैछ र उ आफै आफ्नो बिरालोलाई चारो किन्न बजार निस्किएको रैछ।सोही बेला त्यो मुसावालालाई बाटोमा हिडिरहेको देखेछ। फेरि मुसावालाको मुसा धेरै मोटो र ठूलो देखेर आज आफ्नो बिरालोलाई ठूलो मुसा खुवाउने सोचेर मुसावालाको पछि लागेर आएको रैछ। बुढोले त्यो केटोलाई एकै सासमा भने बाबू त्यो तिम्रो मुसा मलाई देउ यो पैसा तिमी राख्नु भनेर भनेछ।केटाले पनि आफुले सोचेको भन्दा धेरै पैसा पाएछ र बुढोलाई मुसा बेचिदिएछ।बुढो एक दमै खुसी हुँदै मुसा लिएर घर फर्केछ।केटो पनि मुसा बेचेर गाउँ फर्किने गाडी चढेछ।उसले गाउँ फर्किने बेला बाटोमा मान्छेहरुले सस्तोमा हास र कुखुराको चल्लाहरु बेच्दै गरेको देखेछ। उसले मन मनै के सोचेछ भने यो पैसाबाट अब केही चल्लाहरु लानु पर्यो र पाल्नु पर्यो।
केही महिनामा नै उसको हास र कुखुराहरु बढेछ र फुल दिन थालेछ। अब उसको कुखुरा र हासहरु धेरै हुन थालेछ र उसले अलि अलि बेचेर घर खर्च पनि टर्न थालेछ।उसले दुख गरे हरेक काममा सफलता मिल्दो रैछ भन्ने सिक्दै गएछ र अलि अलि पैसा जम्मा गर्दै बंगुर पालन माछा पालन हुदाहुदै गाई पालन र भैसिपालन लगाएत आधुनिक तरकारी खेती पनि सुरु गरेछ।
अब गाउ घरमा उसलाई पनि सम्मानको रुपमा हेर्न थालेछ र बैंकहरुले पनि पत्याउन थालेछ।उसको प्रगती र इमानदारीता देखेर गाउकै मुख्याले आफ्नो छोरीको बिहे नै उहि संग गर्दिएछ।बिस्तारै बिस्तारै समय बित्दै जादा १०/१२ बर्षमा उसको दूध फ्याक्ट्री,पशुदाना, कोल्डस्टोर र मासु प्याकिङ गरेर देश बिदेशमा सप्लाई गर्ने थुप्रै कम्पनीहरुको मालिक भएछ।
आज उसको आफ्नै चार पाच ठाउमा शहरको राम्रो राम्रो ठाउमा ठुला ठुला घर र ब्यपारिक सपिङ मलहरु छन।आज उ अर्बौं सम्पतिको मालिक मात्रै हैन देशकै नामि उधोग पति बनेको छ।
एक दिन उ आफ्नो शान्दार बंगलामा एकलै टोलाई रहेको थियो अचानक एउटा मान्छे र त्यो मान्छेको कुरोको याद आएछ।
जसको शिक्षाकै कारण आज उ यो मुकाम सम्म आउन सफल भएको थियो।उहीँ मान्छे जो उसको गाउको ठूलो बा।
उसले दसौ बर्ष पछि ठुलोबाको घर खोज्दै गएछ। ठूलो बाको घरको गेटमा पुग्ने बितिकै उसको कानमा त्यो दसौं बर्ष पहिलेको कुरो गुन्जिन थालेछ। "गर्नेले त मरेको मुसोबाट पनि गर्छ तलाई बजिया ! नगर्नेले हिराको डल्ला दिए पनि केही गर्दैन!"एक्कासि उसको पाइला रोकिएछ र मनमा केही सोच्न थालेछ।हैन त्यत्रो बर्षमा ठुलो बालाई भेट्न जाँदै छ त्यो पनि खाली हात ? कसरि जाने ?
उसले ड्राइभरलाई तुरुन्त गाडि बजारमा लान भन्यो र एउटा उपहार लिएर फर्किएछ।
धेरै बर्ष पहिलेबाट सुन्दै आएको उसको गाउको ठुलोबा जो उसको गुरु हो । उसको प्रगतिको मार्गदर्शक हो उसले जिन्दगीमा पहिलो चोटि भेट्ने मौका पाएछ।
ठुलोबा धेरैनै बूढो भैसकेको रैछ ओछ्यानमा पल्टेको अवस्थामा रैछ।अत्यन्तै कम्जोर भएको र बिरामी पनि भएको रैछ र ब्यापार ब्यबसय पनि घाटामा पुगेको रैछ यति मात्रै हैन बस्दै रहेको घर पनि बैकले लोन तिर्न नसकेकोले लिलामिमा राख्न खोजेको अवस्था रैछ।
उसले पनि ठुलोबालाई आफ्नो परिचय देखि आफू धनी बन्ने सोच राखेर यहाँ आएको तर गेट बाटै ज्ञान पाएको ( गर्नेले त मरेको मुसाबाट पनि गर्छ बजिया नगर्नेले हिराकै डल्ला दिए पनि केही गर्दैन।)हुनाले आफू भित्र नपसि फर्किएको र आफ्नो प्रगतिको हरेक पलपल्को कुरो सुनाएछ।
अन्तिममा उसले ठुलोबालाई आफुले लिएर आएको उपहार दिएछ।
उपहार पाएर ठुलोबाले खुशी हुँदै उत्सुकता पुर्बक उपहारको बट्टा खोलेर हेरे छ।त्याहा त ठूलो मुसो थियो।जुन मुसो त्यो केटोले दसौं बर्ष अगाडि सहरको धान खेतमा मारेर लिएर आएको थियो त्यात्रै ठूलो मुसो थियो।ठूलो बाले लिन मानी रहनु भएको थिएन तर वास्तवमा यो मुसाको असली हकदार हजुर नै हो भनेर केटाले ठुलोबालाई त्यो मुसो लिन बाध्य पार्यो र ठूलो बाले पनि आफुलाई जिबनको यो कालमा भगवानले नै दिएको पर्साद होला भन्ने ठानिएछ र खुशि खुशी साथ मुसा स्विकार्दै केटालाई अझै धेरै प्रगति र उन्नतिको अर्शिवाद दिएछ।अब त्यही मुसाको कारण ठुलाबाको पनि सबै आर्थिक समस्या समाधान भएछ।
केटो पनि एक दम खुशी भएर ठूलो बा संग पछि पछि पनि आउदै गर्छु भनेर बिदा लिएर आफ्नो घर फर्किए छ।
बाटोमा आउदै गर्दा उसको आखामा खुशिको आँसु झर्दै थियो किनकी आज उसले आफ्नो गुरुलाई गुरु दक्षिणा दिने मौका मिलेको थियो।
आज उसले आफ्नो ठूलो बालाई उपहार दियो।उपहार उसले के दियो मुसा ? हो मुसा तर त्यो मुसा धानको खेतबाट लिएर आएको थिएन त्यो मुसा त हिराको बजारबाट लिएर आएको करोडौं रुपैयाको शुद्ध असली हिराको डल्लाले बनाएको हिराको मुसा थियो।
मित्रहरू यो कथाबाट हजुरहरुले धेरै कुरा सिकिसक्नु भएको होला भन्ने बिश्वास छ।समय निकालेर पढिदिनु भयो त्यसको लागि धन्यवाद । अब यसलाई आफ्नो साथी भाईहरुलाई पनि शेयर गर्दिनु हुन अनुरोध छ किनकी ज्ञान भन्ने कुरो जत्ती शेयर गर्छ उत्ति बडेर जान्छ। हामिलाई केही सल्लाह सुझावहरु छ भने कृपया कमेन्ट पनि गर्दिनुहोला धन्यवाद ।
।।।।।।।।।।।।।।।।
No comments:
Post a Comment