हत्तारको कामले पछुतो गराउछ।
एक दिन गाउमा एक जना मान्छेको पशुगोठमा अगलागी भएछ।सबै गाउलेहरु मिलेर आगो निभाए छ र पशुको उद्दार गरेछ।दुर्भाग्यको कुरो हो एउटा खसी हराएछ । एक जनाले आगोले अर्धरुपमा पोलेको खसी त्यही जलेको गोठमा भेटेछ। के गर्ने त अब भनेर सबै गाउलेहरु मिलेर पोलेको खसिको मासु काटेछ र नुन खुर्सानी मोलेर सेकुवा बनाएर मज्जा संग खाएछ।खाई सकेर सबै जना आ आफ्नो घरमा फर्किने बेला त हराएको भन्ने खसी त करेसाबारी तिर चर्दै पो रैछ। आपत को कुरो त त्यति खेर भयो जब गाउंको लुते कुकुर पो गायब थियो।
हेर्नुस हामिले कुनै पनि काम हत्तारमा गर्नु हुदैन हत्तारमा गरेको कामले कहिले कहि संकट निम्ताउन पनि सक्छ।गाउलेहरुले आदि जलेको पशु भेट्दा पहिले खसी हो कि हैन पत्ता लगाउन नलागेर हत्तपत्त नुन खुर्सानी दलेर खानुको परिणाम के भो ? सबै जनाले लुतेकुकुरको मासु खान पुग्यो।अब खाई सकेको कुरो निकाल्न सकिन्न।ठिक त्यसै गरि बिग्रीसकेको काम पनि बन्न गाह्रो हुन्छ।त्यसैले कुनै पनि काम गर्नु भन्दा अगाडि सोच बिचार गरेर गर्दा अत्ति उत्तम हुन्छ।हत्ता निर्णय गरेर फुर्सदमा पछुताउनु बुद्धिमानी मान्छेको लागि घातक सिद्ध हुन्छ। धन्यवाद !
* * *
No comments:
Post a Comment