Thursday, August 2, 2018

खुट्टाको पिडुला पर्किने समस्य र घरयासी समाधानको सरल उपाय ।

              
 खुट्टाको पिडुला फर्किने समस्या र 
                                घरायसी समाधानको सरल उपाय



         जीवनमा प्रय सबै जसो मान्छेले कुनै न कुनै समयमा खुट्टाको पिडुला फर्किने समस्यबाट पीडा भोगेको हुन्छ। यस्तो के कारणले हुन्छ थाहा छैन।कतिपय डाक्टर र मान्छेहरुको भनाई अनुसार कमजोरीपनले यस्तो हुन्छ भन्ने भनाईहरु पनिछ्न तर हाम्रो समाजमा बलिया हस्ट्पुस्ट मान्छेहरु पनि यो समस्यले सताईरहेको हामी देख्न सक्छौ।मलाई पनि करिब १५/१६ बर्ष अगाडि यो समस्यले नराम्रो संग सताएको थियो।कति हस्पिटल धाए बैद्यकोमा गए तर ठिक हुन सकेन।यो समस्याले मान्छेलाई भौतिक रुपमा भन्दा पनि मानसिक रुपले बढी सताउछ।यो समस्यमा परिरहेको मान्छे राती राम्रो संग सुत्न पनि सकिदैन। किनकी सदैब मनमा फेरि पनि फर्किने हो कि भन्ने डर लागि रहेको हुन्छ।
मैले धेरै खर्च पनि गरे तर यो समस्यबाट छुटकारा पाउन सकिएन। करिब १५ बर्ष अगाडी कै कुरो हो। हाम्रो घाउमा नेपाल अहिंसावादी बौद्ध धर्म शान्ती चक्र संघको संस्थापक  स्वर्गीय  लामा गुरु श्री कर्मज्ञान सागर लामा गुरुज्युको आगमन भएको थियो।सोही समयमा मैले पनि गुरुज्युसंग प्रत्यक्ष भेट्ने मौका मिलेको थियो।
लामा गुरुज्युले केही समस्या छ बाबू भनेर सोध्नु भएको थियो र मैले आफू खुट्टाको पिडुला फर्किने समस्यले नराम्रो संग पिडित रहेको जानकारी गराए।उहाले मलाई अत्यन्तै सरल उपाय बताउनु भएको थियो र भन्नू भएको थियो कि यो उपाय गर्नु तिमिलाई जिन्दगी भरीको लागि यो समस्यबाट मुक्ती मिल्ने छ बाबू । यदि तिमिलाई यो उपायले ठिक भयो भने अरुमान्छेहरुलाई पनि सिकाउनु उसलाई पनि ठिक भयो भने अरुलाई जानकारी गराएर सहयोग गर्न भन्नु है बाबू भन्नू भएको थियो।न भन्दै मलाई जिन्दगिमा गुरुले भन्नू भएको उपाय गरेको ले हो कि के हो अहिले सम्म यो समस्य दोहोरिएको छैन।मैले यो समस्यबाट पिडित सयौ साथिहरुलाई पनि यो उपाय बताई सकेको छु अहिले सम्म कसैले पनि ठिक भएन र फेरि  यो समस्य दोहोरियो भनेर भनेको सुनेको छैन।यो उपायले अहिले सम्म १००% नै काम गरेको छ।तसर्थ:सबै मानव जातिको सहयोग र सेवाको लागि आज यो आचुक उपाय म सार्बजनिक गर्दैछु यदि हजुर वा हजुरको कोहि आफान्ता जनलाई पनि यस्तो समस्या छ भने यो उपाय गर्नुस र ठिक भयो भने कृपया अरुलाई पनि शेयर गर्नुस है साथिहरु किनकी लामा गुरुज्युले मलाई यस्तै  भन्नू भएको थियो।एक जनालाई ठिक भयो भने अरुलाई पनि सुनाउनु सिकाउनु पर्छ है ज्ञान भन्नेकुरो जत्ती शेयर गर्यो उत्ति बढेर जान्छ भन्छ्न आफ्नो सानो सहयोगले यदि कसैले ठूलो समस्याबाट मुक्ती पाउछ भने यो भन्दा ठूलो पुण्यको काम के होला र कि कसो ?  उपाय यस्तो छ यो धेरै नै सरल छ।
शुद्ध तोरिको तेल एउटा कचौरामा तताउने र त्यसमा जत्ती तोरिको तेल हो उत्ति नै मट्टीतेल मिसाएर बिस्तारै  पिडुला फर्किने खुट्टामा राम्रो संग मालिस गर्ने।
जस्तै: यदि हजुरले १०० मिमि तोरिको तेल तताउनु भएको छ भने १०० मिमि नै मट्टीतेल मिसाउने।
यो पालिस गर्ने काम कम्तिमा पध्र देखि एक्काईस दिन सम्म सुत्ने बेला र बिहान उठ्ने बेला दोहोराउने । 
बस यत्ती नै हो हजुर मलाई र धेरै जनालाई यो उपायले काम गरेको छ आशा गरौ हजुरलाई पनि यो उपायले काम गर्ने छ।समय दिएर लेख पढिदिनु भयो त्यसकोलाई हृदय देखिनै धन्यवाद ! कृपया यो लेखलाई शेयर अनि लायक र केही प्रतिक्रियाहरु र सल्लाह सुझाबहरु छन भने कमेन्ट बाक्समा कमेन्ट गरिदिनु हुन अनुरोध छ। हजुरको शुभ होस भलो होस । जय देश जय नेपाल।                                

       
       सम्पर्क ई- मेल=freebusinessidia@gmail.com


                                            
                                            *            *             *

No comments:

Post a Comment