Monday, August 13, 2018



                              मूर्ख किसान
 

        एउटा गाउमा सुर्चमान नामको एक जना किसान बस्दो रैछ।उ दिनभरी आफ्नो खेतमा काम गर्दो रैछ र बेलुका मात्रै घर फर्किदो रैछ ।उसको परिवारमा एउटा छोरा एउटि छोरी र श्रीमती गरि जम्मा चार जनाको परिवार रैछ।उनिहरु दुख शुख गरि बसेको भएता पनि जे होस परिवार एक दमै खुशीसाथ बसेको रैछ।
एक दिनको कुरो हो । सांझ पखमा सबै परिवार खाना खाने तर्खरमा रैछ।त्यही बेला एक जना साधु महात्माको आगमन भएछ र साधुले सुर्चमानको घरमा एक रातको लागि बास मागेछ।रातमा आएको पाहुना त्यस माथि साधु सन्त जस्तो मान्छेलाई बास नदिने भन्ने कुरै आएन।
साधुको एक दम मान सत्कार गरेछ र राम्रो संग सुत्ने बेवस्था गरेछ।साधु सुत्न लागेको बेलामा साधुले आफ्नो थैलिबाट एउटा चम्किलो पत्थर निकालेछ र सिरानिमा राखेछ।सुर्चमानलाई त्यो चम्किलो बस्तु के होला भन्ने जिज्ञासा लागेछ र उसले साधुलाई सोधे छ।साधुले यो हिरा हो भनेछन । सुर्चमानलाई हिरा के हो थाहा थिएन।तब उसले यसको बारेमा साधु संग बिस्तारमा सुनाउन अनुरोध गरेछ।साधुले पनि यो एक प्रकारको पत्थर हो र यो यति धेरै मूल्यवान हुन्छ कि केही टुक्रा हिराले यो पुरै गाउँ नै पनि किन्न सकिन्छ भनेर भन्दिएछ।भोलिपल्ट साधु सुर्चमानको परिवार संग बिदा लिएर आफ्नो बाटो लागेछ। सुर्चमानलाई भने साधुको मुखबाट  हिराको बारेमा सुनेर अचम्म लागेछ र उसले पनि जसरी भएनी हिरा खोज्ने निधो गरेछ।त्यो दिन सुर्चमानले धेरै सोचेछ र  परिवारको हालत राम्रो बनाउनको लागि जसरी भएनी हिराको खोजी नगरी नहुने निर्णयमा पुगेछ।अब यो हलो र जुवा मात्रै कति बोकेर हिड्ने अब नया जिन्दगीको लागि हिराको खोजी सुरु गर्छु ढिला नगरी यो हिरा खोज्ने अभियानमा लाग्नु पर्यो भन्ने परिवार संग सल्लाह गरेछ्न र सुर्चमान भोलि पल्ट  परिवार संग बिदा लिएर  हिराको खोजिमा निस्किएछ।
सुर्चमान हिराको खोजिमा निस्किएको पनि एक महिना बित्यो।उ धेरै देश देशावर घुम्न थालेछ हिराको खोजिमा।अझ पनि हिराको अत्तोपत्तो छैन।दुई महिना तीन महिना हुंदा हुंदा पच्चीस बर्ष भएछ सुर्चमानले हिराको खोजी गरेको तर हिरा भेट्न सकेनछ। उ आफ्नो गाउघर र देशबाट धेरै टाढा आइ पुगेको रैछ।अब त बुढेसकाल पनि लागि सकेको रैछ।उ घर फर्किन चाहि रहेको रैछ धेरै बर्षको चिन्ता,भोक,रोग र सोकले उ पुरै गलि सकेको थियो।उ यति धेरै टाढा आई पुगेको थियो कि अब घर फर्किन संभब नै थिएन।त्यै पनि वर्षौको खोज पछि पनि  खाली हात नै सहि  घर त फर्किनै पर्छ भन्ने सोचेर उ घर  फर्किदै थियो अफसोच उ बाटोमै मरेछ।
यता उसको परिवारले पनि धेरै बर्ष पर्खिदा पनि उ घर नफर्किएको हुदा उसको मृत्यु भएको भनिठानेर  घर खेत सबै बेचेर अन्यत्र नै बसाई सरेछ।
पच्चीस बर्ष पछि सुर्चमानको घर भएको ठाउमा त्यही साधु घुम्दै आईपुगेछ र बास माग्ने निधो गरेछ। अब त्यहा पहिला जस्तो झुपडी थिएन एक दम ठूलो आलिसान महल थियो।वरपर नोक्कर चाकर र चौकिदार थियो।साधु गेट बाहिर उभिएको थियो र  एक दम खुशी थियो गेट भित्रबाट उक्त घरको घर मालिक आईपुगेछ र साधुलाई स्वागत गरेछ। धेरै बर्ष पछि आफू आउदा त्यहा रहेको घर र घरधनी सुर्चमानलाई नदेखेर अचम्म लागेछ र उक्त नया घर धनिलाई सुर्चमानको बारेमा सोधेछ। उक्त घर धनिले आफुले सुर्चमानलाई नचिनेको र नदेखेको बरु एउटि बिधुवाको परिवारले आफुलाई सबै घर खेत बेचेर घएको र उक्त बिधुवाको खेतमा खेती गर्न जादा खेरी आफुले केही चम्किलो ढुंगाको खानि पाएको र उक्त ढुंगा चेकजाँच गर्दा हिरा रहेको प्रमाणिात भएकोले उक्त हिराको बिक्रीवितरणबाट आफू आज यो लेबलमा आएको साधुलाई सुनाएछ।
 साथिहरु हाम्रो जिन्दगीमा पनि सुर्चमानको जस्तै अवस्था त आएको छैन।एक पटक सोच्नु आवश्यक छ।
कस्तुरीले आफ्नो बिना खोज्दा खोज्दै जिन्दगी गुमाउछ भन्छ्न ।हामी पनि आफू संग हिराको खानी राखेर आज बाहिर खोज्दै हिडिरहेको त छैन ? एक पट्क सोच्नुस।
धन्यवाद !

             ।।।                       ***                       ।।।

Friday, August 10, 2018



                                                       अति महत्त्वाकांक्षी मान्छे
 

        एक पटकको कुरो हो । भगवान पशुपतिनाथको एक दमै प्यारो एक जना भक्त थियो।उक्त भक्त सदैब भगवानको नाम जप्दै हिड्दो रैछ।उ सदैब भगवानको दर्सन गर्न मन्दिर गै रहदो रैछ र भगवान पनि उ संग मज्जाले बोल्नु हुदो रैछ।एक दिन उक्त भक्तलाई मनमा के लागेछ भने भगवानलाई त कति सुख नै सुख छ।भगवान बन्न पाए कस्तो मज्जा आउदो होला ? सबै भक्तजनहरुले के के ल्याईदिन्छ सबैले ढोग्छ।आहा ! कस्तो रमाईलो हुन्थे होला ?
भगवानले आफ्नो भक्तको मनको कुरो बुझेछ र यस्तो भन्नू भएछ ठिकै छ आज एक दिनको लागि म छुट्टी लिन्छु र कैलाश तिर घुमेर आउछु आज एक दिनलाई तिमी भगवान (मुर्ती)बनेर बस्नु  तर तिमी केही पनि नगर्नु र नबोल्नु चुपचाप बसिरहनु है।भक्तले पनि खुसी हुँदै हुन्छ भगवान म त्यस्तै गर्छु भनेछ र भगवान कैलास तिर हिडेछ्न र उक्त भक्त मुर्ती भित्र चुपचाप बसेछ।
बिहान हुना साथ थरीथरिका भक्तजनहरु आउदै पुजा गर्दै जान थालेछ।भक्तजनहरुको आउने जाने क्रम चल्दै थियो अचानक हत्तारमा एक जना धनी मान्छे आएछ र प्रार्थना गर्न थालेछ हे भगवान आज म सिंगापुरमा एउटा महत्वोपुर्ण बिजिनेश डिल गर्न जाँदै छु मेरो काम सफल बनाई दिनुस र मेरो रक्षा गरिदिनुस भनेर भगवानलाई झुकेर ढोगेछ। त्यो मान्छेले झुकेर ढोग्ने बेला एक्कसी उसको सर्टको खल्तिमा रहेको पोर्स र पासपोर्ट खसेछ  तर त्यो मान्छेले आफ्नो सामान खसेको  पत्तोनै पाएन छ। भगवान बनेर बसेको भक्त के गरौ के गरौ भएछ।त्यहि पनि भगवानको आदेश सम्झेर उ चुपचाप नै बसिरहेछ।त्यो मान्छे फर्किएछ।
एकै छिनमा एक जना अति गरिब मान्छे आएछ र हे भगवान मैले तीन दिन देखि केही खाएको छैन मेरो परिवार पनि भोकै छ्न मलाई दया गर्नुस भगवान भएर ढोग्न थालेछ।उक्त मान्छे भगवानलाई ढोग्न झुकेको मात्रै के थियो उसले एउटा पोर्स भगवान कै चरनमा देख्छ।उसले उक्त पोर्स खोलेर हेर्छ त्यहा बीस हजार रुपैया देख्छ र खुसी हुँदै भगवानकि जय हो भगवानकी जय हो भन्दै खुसी भएर जान्छ।मुर्ती भित्र बसेको भक्त त्यही पनि चुपचाप नै हेर्दै थियो उसलाई खस खस पनि लाग्दै थियो।
एकै छिनमा अर्को एक जना मान्छे आउँछ त्यो मान्छे एउटा पानी जहाजको क्याप्टेन हुन्छ। उ पनि  हे भगवान आज म पानी जहाजमा संसार घुम्नको लागि निस्किदै छु मलाई साथ दिनुस भगवान मलाई रक्षा गर्नुस भनेर उ भगवानलाई झुकेर ढोग्न थाल्छ ।ढोग्नको लागि झुकेको मात्रै के थियो भगवानको पाउमा उसले एउटा पासपोर्ट देख्छ । उसले त्यो पासपोर्ट टिप्छ र कसको होला भनेर हेर्न थाल्छ अचानक त्यही बेला त्यो पासपोर्टवाला धनी मान्छे पुलिस लिएर मन्दिर आई पुग्छ। आफ्नो पासपोर्ट त्यो मान्छेको हातमा देख्ने बितिकै त्यो धनी मान्छे रिसले चुरचुर हुन्छ र पुलिसलाई भन्छ मेरो पैसा र पासपोर्ट चोर्ने यहि हो। चोरलाई जेल हाल्नुस भन्न थाल्छ्न। यो सबै हेरि रहेको र देखि रहेको भक्त जो भगवान बनेर बसेको हुन्छ अब उसलाई सहि नसक्नु हुन्छ ।उसले यो घटना देखेर भगवानलाई दिएको वचन भुल्छ र अचानक मुर्ती बाहिर आएर पुलिसलाई सबै यथार्थ घटना बताउछ।त्यस पछि पुलिसले गरीब  मान्छेलाई जेल हाल्छ र दुबै धनी मान्छेहरु आ-आफ्नो बाटो लाग्छ।
भगवान बनेर बसेको भक्त एक दम खुसी हुन्छ।आज आफुले सहि निसाफ गरेकोमा उसलाई गर्व लाग्छ।
रात परेपछि भगवान कैलास घुमेर मदिर आउनु हुन्छ। भगवान आउने बितिक्कै भक्तले एक दम फुर्ती संग आज आफुले एक दम राम्रो काम गरेको भनेर भगवानलाई बताउछ र भगवानले पनि उसको सबै कुरा बिस्तारमा सुन्छ।सबै कुरा सुनी सके पछि भगवान रिसाएर मैले केही नगरी चुपचाप बस्नु भनेको हैन किन त्यस्तो काम गरेको सब अनर्थ भयो भनेर जंगिनु हुन्छ। भगवान रिसाएको देखेर भक्त डराउदै आफुले कसरी गल्ती गर्यो र भनेर भगवानलाई सोध्छ। भगवान भन्नू हुन्छ। सुन सबै भन्दा अगाडि आएको धनी मान्छे सिंगापुरमा बिजिनेश डिल गर्न जाँदै थियो उसको प्लेन आतंककारीले अपहरण गर्नेवाला थियो । उसले कमाएको पैसाले अहिले सम्म केही धर्म कर्मको काम पनि गरेको छैन जुन उसको खसेको पैसाले एक जना गरिबको पेट भर्न प्रयोग हुनेवाला थियो र उ पुन्यको भागिदारी हुँदै थियो।गरिब मान्छेको घरमा एक दाना अन्न थिएन र उसको छोरो बिरामी थियो जसको अप्रेसन गर्न पैसाको जरुरी थियो जुन आज अप्रेसन गरिएन भने मर्ने निश्चित छ। जो संसार घुम्न जाँदै थियो उसको जहाज ठूलो तुफानमा फसेर सबै यात्रीहरुको मृत्यु हुने निश्चित थियो।
भगवानको यो कुरो सुनेर भक्तको आखाबाट आँसु खस्छ र उसले भगवानलाई रुदै माफी माग्छ।भगवानले उसलाई यो क्षमा योग्य काम हैन तर पनि तिमी प्रायस्चित गर भनेर नर्कमा पठाउछ।आज त्यो भगवानको भक्त आफ्नो जिन्दगी भरिको पुण्यफलको पनि नाश र नर्कको बास भएर पछुतो मानिरहेको छ।
साथिहरु हामिले पनि कहिलै आफ्नो जिन्दगी भन्दा अरुको धेरै शुख र सुबिधाले भरी पुर्ण छ भनेर लोभ गर्नु हुदैन।आफू संग जे जस्तो छ त्यसैमा सन्तुष्टि मान्दै निरन्तर कर्म गर्दै जानू पर्छ एक दिन अवस्य पनि सफलता हात पर्छ।
आज कतिपय मान्छेहरु अरुले धेरै प्रगती र सफलता गरेको देखेर जलन भएर आफू पनि छिटो सफलता प्राप्त गर्ने लालचमा लागेर विभिन्न अबैधानिक कर्महरुमा लागेर आफ्नो एक पल्ट पाएको जिन्दगी बर्बाद गरिरहेको छ।हामिले यदि आफू भगवानको प्यारो भक्तको रुपमा छ भने सदैब यसैमा रमाउन सक्नु पर्छ ना कि भगवान नै बन्ने अति महत्त्वाकांक्षी बोकेर भएको पुण्यफल पनि गुमाएर नर्कको बास हुने काम गर्नु हुदैन। धन्यवाद !

                                             *  *    *

                                  

                                                   हत्तारको कामले पछुतो गराउछ।
     

          एक दिन  गाउमा एक जना मान्छेको पशुगोठमा अगलागी भएछ।सबै गाउलेहरु मिलेर आगो निभाए छ र पशुको उद्दार गरेछ।दुर्भाग्यको कुरो हो एउटा खसी हराएछ । एक जनाले आगोले अर्धरुपमा पोलेको खसी त्यही जलेको गोठमा भेटेछ। के गर्ने त अब भनेर सबै गाउलेहरु मिलेर पोलेको खसिको मासु काटेछ र नुन खुर्सानी मोलेर सेकुवा बनाएर मज्जा संग खाएछ।खाई सकेर सबै जना आ आफ्नो घरमा फर्किने बेला त हराएको भन्ने खसी त करेसाबारी तिर चर्दै पो रैछ। आपत को कुरो त त्यति खेर भयो जब गाउंको लुते कुकुर पो गायब थियो।
    हेर्नुस हामिले कुनै पनि काम हत्तारमा गर्नु हुदैन हत्तारमा गरेको कामले कहिले कहि संकट निम्ताउन पनि सक्छ।गाउलेहरुले आदि जलेको पशु भेट्दा पहिले खसी हो कि हैन पत्ता लगाउन नलागेर हत्तपत्त नुन खुर्सानी दलेर खानुको परिणाम के भो ? सबै जनाले लुतेकुकुरको मासु खान पुग्यो।अब खाई सकेको कुरो निकाल्न सकिन्न।ठिक त्यसै गरि बिग्रीसकेको काम पनि बन्न गाह्रो हुन्छ।त्यसैले कुनै पनि काम गर्नु भन्दा अगाडि सोच बिचार गरेर गर्दा अत्ति उत्तम हुन्छ।हत्ता निर्णय गरेर फुर्सदमा पछुताउनु बुद्धिमानी मान्छेको लागि घातक सिद्ध हुन्छ।  धन्यवाद !
                                                                     *  *   *

Tuesday, August 7, 2018


                               हाम्रो शरिरको सबै भन्दा राम्रो अंग र नराम्रो अंग 
       एक पटकको कुरो हो। राजा अकबर आफ्नो बगैंचामा मन्त्री बिरबल संगै शयर गर्दै बिहनिको मधुरो घामको मज्जा लिदै रैछ।अचानक राजाको मनमा एउटा प्रश्न आएछ र बिरबललाई सोधेछ।वीरबल हाम्रो शरिरको अंगहरु मध्य सबै भन्दा राम्रो अंग कुन हो ? राजाको यो अनौठो कुरो सुनेर एक पटक बिरबल के भनौ भएछ तर राजाको प्रश्न हो त्यसै टाल्ने कुरो पनि आएन त्यस माथि बिरबल चलाख र बुद्धिमानिमा सबै भन्दा अब्बल मान्छे।उसले राजालाई भनेछ महाराज हाम्रो शरिरको सबै भन्दा राम्रो अंग मुख हो भनेर जवाफ दिए छ।
दुई दिन पछि राजा बिरबल लगायत सबै मन्त्रीहरु संगै राज्यको कुनै महात्व पुर्ण बैठकमा जम्मा भएछ।बैठक सकिसके पछि अनौपचारिक कुरोकै क्रममा राजाको मनमा अर्को एउटा प्रश्न उठेछ।बिरबलले हाम्रो शरिरको अंग मध्य सबै भन्दा राम्रो अंग मुख भनेको थियो।अब सबै भन्दा नराम्रो अंग चही कुन होला ? यो प्रश्नको जवाफ बिरबल संगै सोध्नु पर्यो भन्ने लागेछ र अचानक  बिरबललाई सोधेछ।बिरबल हाम्रो शरिरको सबै भन्दा नराम्रो अंग चही कुन हो ? बिरबलले तुरुन्तै जवाफ फर्काएछ।महाराज हाम्रो शरिरको सबै भन्दा नराम्रो अंग भनेको मुख हो ।
अब राजालाई बिरबलको यो उत्तर सुन्ने बितिकै राजालाई यति रिस उठेछ कि बिरबल तैंले के मलाई मूर्ख सम्झेको छस कि के हो ? कतै त पागल त भएन ? सबै मन्त्रीहरु राजा र वीरबलको तिर हेर्न थालेछ। राजा क्रोधले पागल भएको देखेर बिरबलले बडो नम्रता पुर्बक सोधेछ। सरकार मबाट के गल्ती भयो र हजुर ? किन रिसाई बक्सेको सरकार ?  अझ बिरबलको यो ताल देखेर अकबरलाई बडो झोक चलेछ र भनेछ।बिरबल तिमिलाई अलिकती पनि लाज छैन अस्ति मैले तिमिलाई सोधेको थियो हाम्रो शरिरको सबै भदा राम्रो अंग कुन हो भनेर तिमिले यसको उत्तरमा हाम्रो शरिरको सबै भन्दा राम्रो अंग मुख भनेको थियो।आज मैले हाम्रो शरिरको सबै भन्दा नराम्रो अंग चही कुन हो भनेर सोध्दा पनि मुख नै हो भन्ने ? राजाको कुरो सुनि सके पछि बिरबलले बडो नम्रता संग राजालाई उत्तर दिएछ सरकार हाम्रो शरीरको सबै भन्दा राम्रो अंग पनि मुख नै हो र सबै भन्दा नराम्रो पनि मुखनै हो किन भने एउटि महिला जब आमा बन्छ आफ्नो छोरा छोरी संग कति माया र प्रेम पुर्बक बोल्छ कति मधुरो अवाज सुनिछ तर त्यही महिला जब सासू बन्छ बुहारी संग कसरी बोल्छ र कति कर्कस अवाज सुनिन्छ हैन र ? यहि मुखले मित्र बन्छ यहि मुखले शत्रु बन्छ।त्यसैले हाम्रो मुख नै सबै भन्दा राम्रो अंग हो र मुख नै सबै भन्दा नराम्रो अंग हो सरकार ।
राजालाई बिरबलको यो जवाफबाट खुशिलागेछ र बिरबललाई पुरस्कृत गरेछ। धन्यवाद ।
                                                       ***

Saturday, August 4, 2018

अपने सपनोंको कैसे पूरा करें !




                                                     अपने सपनोंको कैसे पूरा करें ! 



मेरे प्यारे दोस्तो नमस्कार !
    आज मुझे पन्जाबी भाषाके एक मोटिभेसनल भिडियो देख्नेका मौका मिला। ए भिडियो बहुत ही अच्छा था।जिस भिडियोने सचमुझ मेरा मनको प्रभावित करडाला।आप लोगोका मन भि सायद टच करेगा। इसलिए मे सर्टकटमे यिस भिडियोका कहानी और थिम बताना चाहता हुं।
ये भिडियोमे एक पन्जाबी नवजवान पन्जाबका किसि पुलिस क्याम्पमे पुलिसकी नोकरिके लिए लाईन लगा हुवा देख्ता हैं।उसको दो अफिसरो ने गैरकानुनी रुपसे अयोग्यता घोषित करके धक्का मारकर निस्कासित करदेते हैं।उसने बहुत बिन्ति किया फिर भि उस अफिसर्स ने उस लड्केको सिपाहीमे भर्ती कर्नेके लिए मना करदेते  हैं।लड्के बहुत निरास होकर अपना घर वापस आता है।घरमे उनका मां बिमार था।घरमे खानेका सामान भि कुछ नहि था।लड्के बहुत निरास था।
 बहुत देर तक लड्के गहिरी सोचमे  डुब्ता है।फिर वो बहुत बडा आवाज निकालकर चिल्लाता है और किसिभि हालतमे पुलिसका अफिसर बन्नेका अट्ल निर्णय लिता हैं।
और फिर वो अफिसर कोर्स तयारी कक्षामे भि भर्ना होनेका सोच्ता है मगर महंगी फिसके वजह से वहापे नहिं जा पाता है फिर भी अपने आत्म बलको बडाते हुवे खुद प्रयाक्टिस्में जुड जाता हैं। उसने बहुत मेहनत करके अपना सपना सच कर्नेका प्रयास करता है।मां और अपना खानेका इन्तजाम भि करता है।हर दिन हर समय शारीरिक अभ्यास और पढाइ मे ध्यान देता है।बादमे उनके कोसिसमे रङ भर आता हैं और धिरे धिरे सब अभ्यासमे पर्फेक्ट होनेके वाद उस लडके ने अफिसरमे भर्ती मिलजाता हैं और डिएसपी बनकर उही पुलिस थाना जहाँ उसको धक्का मारकर निकाला था वहि जाता हैं। वहि लडका जिसको उन्होंने  खुद धक्का मार्के निकाला था।अपना सिनियरके रुपमे देख्कर उस अफिसरका हात पेर कांप जाता है और बोल्ति भि बन्द हो जाता है। मगर अफिसर डिएसपी लड्केने उन अफिसरोको मिठाई खिलाता है और आपके बजह से आज मे डिएसपी बन्नेका मौका मिला नहि तो मे एक सिपाही बन्नेवाला था बोलकर धन्यवाद भि देकर चल्ते हैं।
 दोस्तो,आज बहुत हि लोग एक बार असफल होनेसे निरास होकर प्रयास करना हि बन्द कर देते हैं मगर अपना सपने के लिए किसि भी हद तक का परिश्रम करनेका पाठ ईस भिडियोने दिया है।
मेरा लेख पढनेके लिए बहुत बहुत धन्यवाद । ईस लेखको दोस्तोके साथ शेयर और लाईक वा कमेन्ट भि कर दिजिए फिर भि आपको धन्यवाद ।
                                                     *    *     *

गर्नेले त मरेको मुसोबाट पनि अर्बौं कमाउछ.....!

 

    गर्नेले  त मरेको मुसाबाट पनि अर्बौं कमाउछ.....!


    एक जना साह्रै नै गरिब केटो रैछ। उसको आमाबाबु सानैमा बितेको हुनाले गाउकै मान्छेहरुकोमा कहिले कहाँ कहिले कहाँ सानो तिनो काम गरेर पेट पाल्दो रैछ।उसले जिन्दगीमा केही ठुलो प्रगती गर्ने र आफ्नो आर्थिक अवस्थालाई बलियो बनाउने सोच बनाएछ।अब मैले कुनै पनि हालतमा धनी बन्नु पर्छ भन्ने अटल बिचार राखेर उसले अब धनी बन्ने उपाय खोज्न थालेछ। उसले धनी बन्ने कसरि होला भन्ने सोच्दा सोच्दै मनमा एउटा बिचार आएछ।धनी बन्नु छ भने जो संग धन छ जो धनी छ उसै संग सिक्नु पर्छ किनकि गोरु जोत्न सिक्नु छ भने गोरु जोत्ने हलि संग र जडिया बन्नु छ भने जडियाको संगत गर्नु पर्छ भन्ने उसले राम्रो संग बुझेछ।
 अब को धनी संग संगत गर्ने होला त भन्ने सोच्दा सोच्दा उसको दिमागमा एक जनाको याद आएछ।जो अहिले शहरमा बस्छ । त्यो मान्छे उसको गाउको अलि टाढाको ठूलो बा पर्ने रैछ जो प्रसस्त पैसा कमाएर गाउले जिन्दगीलाई छोडेर शहरमा बसेका रैछ्न।
एक दिन बिहानै त्यो केटो शहर पसेछ।गाउले ठूलोबाको घर खोज्दै जादा एउटा ठूलो बंगलोको गेटमा पुगेछ र उसको पाइला रोकिए छ। उसले खोज्दै हिडेको ठूलो बा को घर उसले सोचेको भन्दा कयौं ठुलो देखेर उसलाई भित्र जान डर पनि लागेछ र आफू यस्तो झुत्रे लुगा लगाएको छ फेरि चिन्ने हुन कि नचिन्ने हुन भन्ने शंका र सर्म लागेछ । उ गेटमै उभिए बाहिरै बसि रहेको बेला भित्रबाट ठूलो ठूलो अवाजमा एक जना मान्छे कसैलाई कराई रहेको सुनिएछ।जुन उसको गाउले ठूलो बा कै अवाज थियो। भित्र ठूलो बा सायद कोहि नोकर चाकरलाई कराउदै थियो क्यारे।भित्रबाट ठूलो बा कराएको आवाज आयो "गर्नेले त मरेको मुसोबाट पनि गर्छ तलाई बजिया ! नगर्नेले हिराकै ड्ल्ला दिए पनि केही गर्न सक्दिन" यो शब्दा सुन्ने बितिकै गेट भन्दा बाहिर लाज मानेर बसिरहेको केटालाई अत्यन्तै खुसी लाग्यो किनकि उसले चाहेको र खोजेको ज्ञान भित्र नपुग्दै पाई सकेको थियो। "गर्नेले त मरेको मुसोबाट पनि गर्छ नगर्नेले त हिराकै डल्ला दिए पनि केही गर्दैनन।"यो शब्द उसको दिमाग भित्र पस्यो र उसलाई ठूलो बाले आफैलाई यो ज्ञान दिएको महसुस गरेछ।
अब त्यो केटो शहरको नजिकैको धानको खेततिर कुदेछ र मुसा खोज्न थालेछ।उसले एउटा ठुलो मुसा मारेछ र काधमा बोकेर गाउँ जान हिडेछ।गाउँ जानको लागि उ बस पार्क जाँदै थियो यतिकैमा एक जना बूढो मान्छेले उसलाई सडक पारिबाट बोलाएको सुनेछ र उ त्यो बूढो भएको ठाउमा पुगेछ।त्यो बुढोले मुसावालालाई किन बोलाएको रैछ भने बुढो अत्यन्तै धनी रैछ र घरमा बिरालो पाल्न सौखिन रैछ। आजैको दिनमा बुढोको सबै नोकर अरु काममा बिजि भएको रैछ र उ आफै आफ्नो बिरालोलाई चारो किन्न बजार निस्किएको रैछ।सोही बेला त्यो मुसावालालाई बाटोमा हिडिरहेको देखेछ। फेरि मुसावालाको मुसा धेरै मोटो र ठूलो देखेर आज आफ्नो बिरालोलाई ठूलो मुसा खुवाउने सोचेर मुसावालाको पछि लागेर आएको रैछ। बुढोले त्यो केटोलाई एकै सासमा भने बाबू त्यो तिम्रो मुसा मलाई देउ यो पैसा तिमी राख्नु भनेर भनेछ।केटाले पनि आफुले सोचेको भन्दा धेरै पैसा पाएछ र बुढोलाई मुसा बेचिदिएछ।बुढो एक दमै खुसी हुँदै मुसा लिएर घर फर्केछ।केटो पनि मुसा बेचेर गाउँ फर्किने गाडी चढेछ।उसले गाउँ फर्किने बेला बाटोमा मान्छेहरुले सस्तोमा हास र कुखुराको चल्लाहरु बेच्दै गरेको देखेछ। उसले मन मनै के सोचेछ भने यो पैसाबाट अब केही चल्लाहरु लानु पर्यो र पाल्नु पर्यो।
केही महिनामा नै  उसको हास र कुखुराहरु बढेछ र फुल दिन थालेछ। अब उसको कुखुरा र हासहरु धेरै हुन थालेछ र उसले अलि अलि बेचेर घर खर्च पनि टर्न थालेछ।उसले दुख गरे हरेक काममा सफलता मिल्दो रैछ भन्ने सिक्दै गएछ र अलि अलि पैसा जम्मा गर्दै  बंगुर पालन माछा पालन हुदाहुदै गाई पालन र भैसिपालन लगाएत आधुनिक तरकारी खेती पनि सुरु गरेछ।
अब गाउ घरमा उसलाई पनि सम्मानको रुपमा हेर्न थालेछ र बैंकहरुले पनि पत्याउन थालेछ।उसको प्रगती र इमानदारीता देखेर गाउकै मुख्याले आफ्नो छोरीको बिहे नै उहि संग गर्दिएछ।बिस्तारै बिस्तारै समय बित्दै जादा १०/१२ बर्षमा उसको दूध फ्याक्ट्री,पशुदाना, कोल्डस्टोर र मासु प्याकिङ गरेर देश बिदेशमा सप्लाई गर्ने थुप्रै कम्पनीहरुको मालिक भएछ।
आज उसको आफ्नै चार पाच ठाउमा शहरको राम्रो राम्रो ठाउमा ठुला ठुला घर र ब्यपारिक सपिङ मलहरु छन।आज उ अर्बौं सम्पतिको मालिक मात्रै हैन देशकै नामि उधोग पति बनेको छ।
एक दिन उ आफ्नो शान्दार बंगलामा एकलै टोलाई रहेको थियो अचानक एउटा मान्छे र त्यो मान्छेको कुरोको याद आएछ।
जसको शिक्षाकै कारण आज उ यो मुकाम सम्म आउन सफल भएको थियो।उहीँ मान्छे जो उसको गाउको ठूलो बा।
उसले दसौ बर्ष पछि ठुलोबाको घर खोज्दै गएछ। ठूलो बाको घरको गेटमा पुग्ने बितिकै उसको कानमा त्यो दसौं बर्ष  पहिलेको कुरो गुन्जिन थालेछ। "गर्नेले त मरेको मुसोबाट पनि गर्छ तलाई बजिया ! नगर्नेले हिराको डल्ला दिए पनि केही गर्दैन!"एक्कासि उसको पाइला रोकिएछ र मनमा केही सोच्न थालेछ।हैन त्यत्रो बर्षमा ठुलो बालाई भेट्न जाँदै छ त्यो पनि खाली हात ? कसरि जाने ?
उसले ड्राइभरलाई तुरुन्त गाडि बजारमा लान भन्यो र एउटा उपहार लिएर फर्किएछ।
धेरै बर्ष पहिलेबाट सुन्दै आएको उसको गाउको ठुलोबा जो उसको गुरु हो । उसको प्रगतिको मार्गदर्शक हो उसले जिन्दगीमा पहिलो चोटि भेट्ने मौका पाएछ।
ठुलोबा धेरैनै बूढो भैसकेको रैछ ओछ्यानमा पल्टेको अवस्थामा रैछ।अत्यन्तै  कम्जोर भएको र बिरामी पनि भएको रैछ र ब्यापार ब्यबसय पनि घाटामा पुगेको रैछ यति मात्रै हैन बस्दै रहेको घर पनि बैकले लोन तिर्न नसकेकोले लिलामिमा राख्न खोजेको अवस्था रैछ।
उसले पनि ठुलोबालाई आफ्नो परिचय देखि आफू धनी बन्ने सोच राखेर  यहाँ आएको तर गेट बाटै ज्ञान पाएको ( गर्नेले त मरेको मुसाबाट पनि गर्छ बजिया नगर्नेले हिराकै डल्ला दिए पनि केही गर्दैन।)हुनाले आफू भित्र नपसि फर्किएको र आफ्नो प्रगतिको हरेक पलपल्को कुरो सुनाएछ।
अन्तिममा उसले ठुलोबालाई आफुले लिएर आएको उपहार दिएछ।
उपहार पाएर ठुलोबाले खुशी हुँदै उत्सुकता पुर्बक उपहारको बट्टा खोलेर हेरे छ।त्याहा त ठूलो मुसो थियो।जुन मुसो त्यो केटोले दसौं बर्ष अगाडि सहरको धान खेतमा मारेर लिएर आएको थियो त्यात्रै ठूलो मुसो थियो।ठूलो बाले लिन मानी रहनु भएको थिएन तर वास्तवमा यो मुसाको असली हकदार हजुर नै हो भनेर केटाले ठुलोबालाई त्यो मुसो लिन बाध्य पार्यो र ठूलो बाले पनि आफुलाई जिबनको यो कालमा भगवानले नै दिएको पर्साद होला भन्ने ठानिएछ र खुशि खुशी साथ मुसा स्विकार्दै केटालाई अझै धेरै प्रगति र उन्नतिको अर्शिवाद दिएछ।अब त्यही मुसाको कारण ठुलाबाको पनि सबै आर्थिक समस्या समाधान भएछ।
केटो पनि  एक दम खुशी भएर ठूलो बा संग पछि पछि पनि आउदै गर्छु भनेर बिदा लिएर आफ्नो घर फर्किए छ।
बाटोमा आउदै गर्दा उसको आखामा खुशिको आँसु झर्दै थियो किनकी आज उसले आफ्नो गुरुलाई गुरु दक्षिणा दिने मौका मिलेको थियो।
आज उसले आफ्नो ठूलो बालाई उपहार दियो।उपहार उसले के दियो मुसा ? हो मुसा तर त्यो मुसा धानको खेतबाट लिएर आएको थिएन त्यो मुसा त हिराको बजारबाट लिएर आएको करोडौं रुपैयाको शुद्ध असली हिराको डल्लाले  बनाएको हिराको मुसा थियो।
   मित्रहरू यो कथाबाट हजुरहरुले धेरै कुरा सिकिसक्नु भएको होला भन्ने बिश्वास छ।समय निकालेर पढिदिनु भयो त्यसको लागि धन्यवाद । अब यसलाई आफ्नो साथी भाईहरुलाई पनि शेयर गर्दिनु हुन अनुरोध छ किनकी ज्ञान भन्ने कुरो जत्ती शेयर गर्छ उत्ति बडेर जान्छ। हामिलाई केही सल्लाह सुझावहरु छ भने कृपया कमेन्ट पनि गर्दिनुहोला धन्यवाद ।
                             
                         ।।।।।।।।।।।।।।।।

Thursday, August 2, 2018

खुट्टाको पिडुला पर्किने समस्य र घरयासी समाधानको सरल उपाय ।

              
 खुट्टाको पिडुला फर्किने समस्या र 
                                घरायसी समाधानको सरल उपाय



         जीवनमा प्रय सबै जसो मान्छेले कुनै न कुनै समयमा खुट्टाको पिडुला फर्किने समस्यबाट पीडा भोगेको हुन्छ। यस्तो के कारणले हुन्छ थाहा छैन।कतिपय डाक्टर र मान्छेहरुको भनाई अनुसार कमजोरीपनले यस्तो हुन्छ भन्ने भनाईहरु पनिछ्न तर हाम्रो समाजमा बलिया हस्ट्पुस्ट मान्छेहरु पनि यो समस्यले सताईरहेको हामी देख्न सक्छौ।मलाई पनि करिब १५/१६ बर्ष अगाडि यो समस्यले नराम्रो संग सताएको थियो।कति हस्पिटल धाए बैद्यकोमा गए तर ठिक हुन सकेन।यो समस्याले मान्छेलाई भौतिक रुपमा भन्दा पनि मानसिक रुपले बढी सताउछ।यो समस्यमा परिरहेको मान्छे राती राम्रो संग सुत्न पनि सकिदैन। किनकी सदैब मनमा फेरि पनि फर्किने हो कि भन्ने डर लागि रहेको हुन्छ।
मैले धेरै खर्च पनि गरे तर यो समस्यबाट छुटकारा पाउन सकिएन। करिब १५ बर्ष अगाडी कै कुरो हो। हाम्रो घाउमा नेपाल अहिंसावादी बौद्ध धर्म शान्ती चक्र संघको संस्थापक  स्वर्गीय  लामा गुरु श्री कर्मज्ञान सागर लामा गुरुज्युको आगमन भएको थियो।सोही समयमा मैले पनि गुरुज्युसंग प्रत्यक्ष भेट्ने मौका मिलेको थियो।
लामा गुरुज्युले केही समस्या छ बाबू भनेर सोध्नु भएको थियो र मैले आफू खुट्टाको पिडुला फर्किने समस्यले नराम्रो संग पिडित रहेको जानकारी गराए।उहाले मलाई अत्यन्तै सरल उपाय बताउनु भएको थियो र भन्नू भएको थियो कि यो उपाय गर्नु तिमिलाई जिन्दगी भरीको लागि यो समस्यबाट मुक्ती मिल्ने छ बाबू । यदि तिमिलाई यो उपायले ठिक भयो भने अरुमान्छेहरुलाई पनि सिकाउनु उसलाई पनि ठिक भयो भने अरुलाई जानकारी गराएर सहयोग गर्न भन्नु है बाबू भन्नू भएको थियो।न भन्दै मलाई जिन्दगिमा गुरुले भन्नू भएको उपाय गरेको ले हो कि के हो अहिले सम्म यो समस्य दोहोरिएको छैन।मैले यो समस्यबाट पिडित सयौ साथिहरुलाई पनि यो उपाय बताई सकेको छु अहिले सम्म कसैले पनि ठिक भएन र फेरि  यो समस्य दोहोरियो भनेर भनेको सुनेको छैन।यो उपायले अहिले सम्म १००% नै काम गरेको छ।तसर्थ:सबै मानव जातिको सहयोग र सेवाको लागि आज यो आचुक उपाय म सार्बजनिक गर्दैछु यदि हजुर वा हजुरको कोहि आफान्ता जनलाई पनि यस्तो समस्या छ भने यो उपाय गर्नुस र ठिक भयो भने कृपया अरुलाई पनि शेयर गर्नुस है साथिहरु किनकी लामा गुरुज्युले मलाई यस्तै  भन्नू भएको थियो।एक जनालाई ठिक भयो भने अरुलाई पनि सुनाउनु सिकाउनु पर्छ है ज्ञान भन्नेकुरो जत्ती शेयर गर्यो उत्ति बढेर जान्छ भन्छ्न आफ्नो सानो सहयोगले यदि कसैले ठूलो समस्याबाट मुक्ती पाउछ भने यो भन्दा ठूलो पुण्यको काम के होला र कि कसो ?  उपाय यस्तो छ यो धेरै नै सरल छ।
शुद्ध तोरिको तेल एउटा कचौरामा तताउने र त्यसमा जत्ती तोरिको तेल हो उत्ति नै मट्टीतेल मिसाएर बिस्तारै  पिडुला फर्किने खुट्टामा राम्रो संग मालिस गर्ने।
जस्तै: यदि हजुरले १०० मिमि तोरिको तेल तताउनु भएको छ भने १०० मिमि नै मट्टीतेल मिसाउने।
यो पालिस गर्ने काम कम्तिमा पध्र देखि एक्काईस दिन सम्म सुत्ने बेला र बिहान उठ्ने बेला दोहोराउने । 
बस यत्ती नै हो हजुर मलाई र धेरै जनालाई यो उपायले काम गरेको छ आशा गरौ हजुरलाई पनि यो उपायले काम गर्ने छ।समय दिएर लेख पढिदिनु भयो त्यसकोलाई हृदय देखिनै धन्यवाद ! कृपया यो लेखलाई शेयर अनि लायक र केही प्रतिक्रियाहरु र सल्लाह सुझाबहरु छन भने कमेन्ट बाक्समा कमेन्ट गरिदिनु हुन अनुरोध छ। हजुरको शुभ होस भलो होस । जय देश जय नेपाल।                                

       
       सम्पर्क ई- मेल=freebusinessidia@gmail.com


                                            
                                            *            *             *

I Love indians ! whay ?

           

             मुझे भारतिय लोग अच्छालग्ता हैं ! आई लभ इंडियन !
   
 
           हेल्लो दोस्तो ये मेरा फस्ट  ब्लक पेज है । में आँप लोगोको यिस पेजमे अपने जीवनमे उपयोगी वाले बहुत हि स्टोरी,मोटिभेसनल बाते और बहुत सारे जानकारी देते रहुंगा कृपया आँप सबने मेरा पेजको लाईक और शेयर कर्के मेरा सहएता कर्दिजे।
 दोस्तो मे नेपाल से हुं। मे अभि अभि हिन्दी सिक्नेका प्रयास कर रहहु क्युकी मुझे हिन्दी भाषा और इन्डियन लोग बहुत प्रसंत है। और इन्डियन दोस्त बनानेका भि बहुत इच्छा है आपलोग मेरा साथ दोस्ति भि करसक्ते है।मे वीर गोर्खालीका पुत्र हुं।गोर्खाली सदैब अपने दोस्तोको नहि छोड्ते।किसि भि परिस्थितिमे अपना ज्यान देकर भि दोस्ति निभाकर रहेंगा।
 इन्डियन और गोर्खालीका रिस्ता और दोस्ती  बहुत हि पुराना हैं।ए दोस्तो और रिस्ता तो भगवान श्रीराम जि औ मां जानकी सीता जिका समयसे चल्ती आरही परम्परा हैं।मे भि यहि परम्परा से चल्ती आरही पबित्र नाताको साकार कर्नेकी लिए हिई आपलोग से मित्रताका एलान कर रहि हुं।क्या आप लोग मेरा साथ दोस्त बन्नेके लिए तयार हैं?
 दोस्तो आप लोगोको जानकारी है ? मां जानकी तो वर्तमान नेपालका जनकपुर उस समयका मिथिलाका महान और बहुत हि बुद्धिमानी ज्ञानि राजा जनकका प्यारी से पुत्री थि।ईतिहास और हिन्दु ग्रन्थके अनुसार एक बार मिथिला देश अर्थात राजा जनक जिका देश मे बहुत हि सुख्खा पर हुवा था।सुख्खा के कारन बहुत हि लोग जनावर और पंछी मरगए थे।कयौनें मिथिला छोड्दिए थे।देश मे पानी अहुनेसे बडा संकटका रुप लेलिए थे।फेरभी बारिश नहि हो रहि थेंं।बारिस न हुनेके बजाए खेती पाती भि नहि हो पाए।यहाँ तक कि पिने पानीका मुहान तक बाकी नहि था सब नदिया तलाउ शुख गए थें।
राजा जनक अपना देशवासिको बहुत प्यार कर्ते थें।उनोने यिस महासंकटको समाधान कर्नेकेलिए बडा बडा ऋषिमुनि और ज्योतिषको जम्म कर्के मिटिङ किया।उस बिद्धान सभाका महापुरोषोनें एक उपाए निकाललिया।उ उपाय है राजानेंं खेतोमे जाकर नहर लगाना।
फिर राजा जनक नें तुरुन्त बेलगाडा तयार कर्ने लगाए और खेतोमे चल गए।जब राजा जनक खेतोमे बेल लगा रहे थेंं अचानक किसि चिजमे बेलगाडाका पहिंया फसगए।राजाने बेलको साएटमे लगाते हुए उस जग्गामे खुदाई किए तो वहाँ पे एक बाक्सा देखाई दिए।जब उस बाक्सामे खुलकर देखातो बहापे एक बच्ची रु रहि थि।राजा बहुत खुस हो गए क्युकी राजाका कोहि सन्तान नहि थे।बच्ची बहुत तेजस्वी और अलौकिक सुन्दर्ता ने भरिपुर्न थि।पौरानिक भाषामें मिट्टिको सीता भि बोल्ते थे।मिट्टिके अन्तर से जन्म हुनेके कारन हिंं उस बच्चिकी नाम सीता रखा दिए थे और जनक पुत्री हुनेके कारन मां सिताको आदर पुर्बक जानाकी भि बोल्ते हैं। आप नेपाल जनकपुरमे अवस्थित पबित्र रामजानकी मन्दिरका फोटो यिस लिंकमे क्लिक करकेभी देख सक्तेहैं दोस्तो।     
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgIeKYda26DymGIIjK0zWx3DzSgxwdoBwCBjo8YTexkn1N_jCRP6ueyMdsleKItWUS1HZcC8MUdQtMYwIdfu2HZM3WTb47vUd6NXpS8_PX2H0_x2jT2gc4CtLkPwPaqpkIkyGXuAFMNhpSo/h120/06082016014049Janaki-Mandir-1000x0.jpg
दोस्तो आपका बहुमुल्य समय देकर यिस लेखको पढ्नेकिए लिए धन्यवाद । अब आप यिसको दोस्तोके साथ शेयर कर्के हेल्पभी कर दिजे और मे दुसरा लेखमे अच्छ्यसे जानकारी लेकर आउंगे ।आप नेपालके बारेमे कुछ जानकारी चाहे होतेभी मुज्से कमेन्टमे जरुर लेख्न दोस्तो मे बहुत सारे जानाकारी दिनेका कोसिस करुंगा। आप मुझ्से मेरा ईमेल मे भि मेल कर सक्ते है धन्यवाद !
सम्पर्क:freebusinessidia@gmail.com
                         
                                          *     *      *